कृष्णा यादब
बीरगंज भदौ १५ गते ।
वडा प्रहरी कार्यालय श्रिपुरले भन्सार छलि ल्याएको अवैध सामानहरु पक्राउ गरेको छ। वड़ा प्रहरी कार्यालय श्रीपुरले गस्ती टोलीको सक्रियतामा बिभिन्न ठाऊवाट अवैध समानहरु बरामद गरी बिरगंज भन्सार कार्यालय बुझाइएको छ ।
बरामत गरेको अवैध रुपले भन्सार छलि ल्याएको लत्ताकपडा , सुर्ती , मोटर, चिनी , हाडयेवर लगाएतको सामानहरु नियन्त्रण लिई वीरगंज भन्सार कार्यालयमा बुझाएको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक सहले जानकारी दिनुभयो । बरामद गरिएको अवैध समान नेपाली बजारमा करिब १ लाख ५० हजार मुल्य बराबर रहेको प्रहरी निरीक्षक दिपक साहले बताउनुभयो।
सिमावर्ती भारतीय शहर रक्शौल बाट अलौको बाटो हुदै भन्सार चोरी पैठारी गरी अवैध रूपमा नेपाल तर्फ भित्रयाईएको चिनी,खाने तेल, हार्डवेयर र लत्ता कपडाहरू समेत बरामद भएको प्रहरी निरीक्षक साहले बताउनुभयो ।
Discussion about this post