बाँके भदौ १६ गते ।
बाँकेमा आज थप १६ जना कोरोनाबाट मुक्त भएर घर फर्किएका छन् । विभिन्न आइसोलेसनबाट उनीहरु डिस्चार्ज हुन लागेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
योसँगै बाँकेमा डिस्चार्ज हुनेको संख्या ७ सय ४६ पुगेको छ । यो हिसावले हेर्दा संक्रमित विरामीको निको हुने दर ७१ दशमलव ५२ प्रतिशत छ । अहिलेसम्म बाँकेमा कोरोना संक्रमितको संख्या एक हजार ४३ पुगेको छ । ६ जनाको भने मृत्यु भइसकेको छ ।
Discussion about this post