बाँके भदौ १६ गते ।
बाँकेको कोहलपुर नगरपालिका कार्यालय ४ दिनकालागि सिल गरीएको छ । नगरपालिका कार्यालयमा रहेको हेल्प डेस्कका कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि आज (मंगलबार) देखी भाद्र १९ (शुक्रबार) गतेसम्मकालागि नगरपालिकाको कार्यालय सिल गरीएको हो ।
पीसीआर परीक्षणका क्रममा ती कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि सोमबार बसेको नगरपालिकाको आकस्मिक बैठकले उक्त निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपालीले जानकारी दिएका छन् । उनले चारदिनपछी कार्यलय बन्द रहने र चारदिन पछि पुरै सेनिटाइज गरेर मात्र कार्यलय खोलिने बताएका छन् ।
Discussion about this post