काठमाण्डौ भदौ १७ गते ।
बेलायतले कोरोना भाइरस विरुद्धको खोप यो वर्षको अन्तिमसम्ममा दिन सकिने जनाएको छ । बेलायतको स्वास्थ्य मन्त्रालयले यो वर्षको अन्तिमसम्ममा खोप लगाउन सुरु गर्ने जनाएको हो ।यस्तै विश्व स्वास्थ्य संगठनले कोरोना महामारीकै बीच आनीबानी सुधार्दै अगाडि बढ्नु पर्नेमा जोड दिएको छ ।
संगठनका युरोप निर्देशकले खोप नलगाउँदासम्ममा मानिसले आनीबानीमा परिवर्तन ल्याएर कोरोनासँग लड्नु पर्ने र आवश्यकता परे निश्चित क्षेत्रमा मात्रै लकडाउन लगाउनु पर्ने बताएका छन् । उनले युरोपमा कोरोना भाइरसको सङ्क्रमण भए पनि राष्ट्रियस्तरमा अब लकडाउन लगाउन नहुने बताएका छन् ।
उनले आउँदा महिनामा कोरोनाको दोस्रो लहरको डर भए पनि राष्ट्रिय स्तरमा लकडाउन नगरी दूरी कायम, मास्कको अनिवार्य प्रयोग लगायतका स्वास्थ्य मापदण्ड अपनाउनु पर्नेमा जोड दिएका छन् ।
Discussion about this post