बाँके भदौ १८ गते ।
बाँकेमा आज थप २४ जना डिस्चार्ज भएका छन् । जिल्लाका विभिन्न आइसोलेसनबाट उनीहरु डिस्चार्ज भएका हुन्। योसहित बाँकेमा कोरोना संक्रमणबाट निको भएकाहरुको संख्या विहीबारसम्म ७ सय ८३ पुगेको छ ।
३०६ जना विभिन्न आइसोलेसन सेन्टरमा छन् । अहिलेसम्म बाँकेमा भायरस संक्रमितको संख्या १ हजार ९५ पुगेको छ। संक्रमित मध्ये ६ जनाको मृत्यु भएको छ।
Discussion about this post