बाँके भदौ १९ गते ।
शुक्रबार बाँके र बर्दियाका ४३ जनामा कोरोना संक्रमण देखिएको छ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरीएको परिक्षणमा बाँकेका ३७ र बर्दियाका ६ जनामा संक्रमण पुष्टि भएको हो ।
नयाँ संक्रमितहरुमा नेपालगन्जका २१, डुडुवाका ५, एक भारतीय नागरीक सहित कोहलपुरका २ र विभिन्न कार्यालयमा कार्यरत ९ जना कर्मचारी गरी ३७ जनामा संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ । त्यसैगरी बारबर्दिया नगरपालिका ३ बर्दियाका ६ जनामा समेत संक्रमण पुष्टि भएको छ ।
पछिल्लो समय संक्रमण भएका व्यक्ती निको हुने क्रम बढे सङ्गै सन्क्रमितको संख्या पनि उतिकै थपिएको अस्पतालले जानकारी गराएको छ।
Discussion about this post