बाँके भदौ २० गते ।
कोरोना कहरबिच भर्चुअलबाट प्रेस संगठन बाँकेको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शनिबार जुम मार्फत संगठनको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गरीएको हो ।
६ महिना देखि कोरोना भाइरस (कोभिड-१९) का कारण सामुहिक रुपमा एकै ठाँउमा भेला हुन सम्भव नभएकाले जुम प्रयोग गरेर भेला आयोजना गरीएको हो ।
भेलामा संगठनका केन्द्रिय सदस्य, अनुशासन विभाग सदस्य, आर्थिक विभाग सदस्य, प्रदेश सदस्य, पुर्व केन्द्रिय सदस्य, पत्रकार महासंघका पदाधिकरी तथा संगठनमा आवद्ध सदस्यहरु समेत गरी ५० जना भन्दा बढिको सहभागीता रहेको थियो ।
भेलामा संगठनमा केन्द्रिय सदस्य, पुर्व अध्यक्ष तथा अग्रज पत्रकारहरुले नयाँ सदस्यहरुलाई संगठनको महत्व, आवश्यकता र क्षेत्राधिकारका बारेमा प्रशिक्षण दिएका थिए । पत्रकारले निर्वाह गर्नुपर्ने भुमिकाका बारेमा समेत संगठनका सदस्यहरुलाई प्रशिक्षण दिईएको थियो।
Discussion about this post