बाँके भदौ २१ गते ।
बाँकेबाट आज आईतबार ८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन । १४ दिनको आइशोलेसन बसाई पछि आज उनिहरुलाई डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् ।
३ वर्षिय बालिकादेखी ६० वर्ष उमेर समुहका ६ महिला र २ पुरुष डिस्चार्ज भएर आज घर फर्किएका छन । योसँगै बाँकेबाट डिस्चार्ज हुनेको सँख्या ८२५ पुगेको छ । आज डिस्चार्ज हुनेहरु नेपालगन्ज, कोहलपुर र नरैनापुरका स्थानियहरु हुन ।
Discussion about this post