बाँके भदौ २२ गते ।
कोरोना संक्रमणबाट नेपालगञ्ज उपमहानगरपालिका कार्यालयका एक कर्मचारीको निधन भएपछि कार्यालय शील गरिएको छ । जिन्सी सहायक युवराज विक्रम घलेको कोरोना संक्रमणका कारण निधन भएपछि बिहीवारसम्मका लागि कार्यालय शील गरिएको हो ।
उपमेयर उमा थापा मगरका अनुसार घलेको निधन भएपछि सोमवार एकदिन शोक मनाउन कार्यालय बन्द गरिएको छ भने मंगलवारदेखि तीन दिनसम्म कार्यालय शील गर्ने निर्णय भएको छ । उपमहानगरपालिका कार्यालय आईतवारदेखि सुचारु हुनेछ ।
नेपालगञ्जका मेयर डा. धवलशम्शेर राणाले घलेको निधनबाट उपमहानगरपालिकाले इमान्दार राष्ट्रसेवक कर्मचारी गुमाएको बताउँदै शोक सन्तप्त परिवारमा सहानुभूति प्रकट गरेका छन् ।
Discussion about this post