बाँके भदौ २२ गते ।
बाँके र बर्दियामा थप १३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय ५० नमुना परीक्षण गर्दा बाँकेका ६ र बर्दियाका ७ जनामा भाइरस संक्रमण देखिएको हो ।
बर्दियाको मधुवन नगरपालिकाका ६ र बढैयाताल गाउँपालिकाका एकजनामा भाइरस देखिएको छ ।
Discussion about this post