बाँके भदौ २३ गते ।
बाँकेमा आज थप ७ जना कोरोना संक्रमित निको भएर डिष्चार्ज भएका छन् ।
सुशील कोइराला प्रखर क्यान्सर अस्पताबाट ३ होटल इन्द्रेणी आइसोलेसनबाट २ जना तथा भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज चिसापानी आइसोलेसन र नेपालगन्जस्थित आदर्शनगर आइसोलेसनबाट १र१ जना निको भएर डिष्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ८ सय ३८ पुगेको छ । अब आइसोलेसनमा बाँकेमा ४ सय १२ र अन्य जिल्लाका ५ जना गरी ४ सय १७ जना छन् । बाँकेमा हालसम्म १ हजार २ सय ५७ जनामा कोरोना पुष्टि भएको छ । ७ जनाको भने मृत्युु भइसकेको छ ।
Discussion about this post