बाँके भदौ २३ गते ।
बाँकेमा कोरोना भाइरस संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–१६ का ८० बर्षीया महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि उनी आइतवार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना भएकी थिइन ।
उनको सोमवार स्वाव संकलन गरि परीक्षणका लागि भेरी अस्पताल पठाइएको थियो । उनको मंगलवार दिउँसो रिपोर्ट पोजेटिभ आएको थियो । तर ती महिलाको मृत्यु भने मंगलवार विहान ७ बजेतिर नै भइसकेको थियो । उनी लामो समयदेखि उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित रहेको चिकित्सकहरुले बताएका छन् ।
योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
Discussion about this post