बाँके भदौ २३ गते ।
मंगलबार भेरी अस्पताल नेपालगञ्जमा गरिएको नमुना परीक्षणबाट ३३ जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालमा पछिल्लो पटक भएको परीक्षणबाट बाँकेका १४ सहित ३३ जनामा कोरोरनो पष्टि भएको हो ।
आज संक्रमित पुष्टि भएका अधिकांश नेपालगन्जका छन् । त्यसमा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका रजिष्टारलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा गरिएको नमुना परीक्षणमा ५३ बर्षीय ती रजिष्टारलाई भाइरस संक्रमण पोजेटिभ देखिएको हो ।
यसअघि पनि उच्च अदालतका एकजनामा भाइरस संक्रमण देखिएको थियो ।
Discussion about this post