बाँके भदौ २४ गते ।
बाँकेमा डाक्टर, आर्मीसहित आज ७७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा भेरी अस्पताल नेपालगन्जका एकजना डाक्टर र कोहलपुरस्थित कौशिल्या नगर व्यारेकका ५१ जना नेपाली सेना छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, उनीहरुमा भदौ १० गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । उनीहरु १४ दिन आइसोलेसनमा बसेर आज डिस्चार्ज हुन लागेका हुन् । बाँकेमा डिस्चार्ज हुनेको संख्या ९ सय १५ पुगेको छ ।
अहिलेसम्म जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार २ सय ७२ पुगिसकेको छ । अहिले जिल्लाका विभिन्न स्थानमा रहेका आइसोलेसनमा ३ सय ५० जना बसिरहेका छन् । कोरोना संक्रमणबाट बाँकेमा ८ जनाले ज्यान गुमाइसकेका छन् ।
Discussion about this post