बाँके भदौ २६ गते ।
बाँकेमा आज थप १९ जना डिस्चार्ज हुने भएका छन् । डिस्चार्ज हुनेको सूचिमा महिलाको संख्या धेरै छ । १९ जना डिस्चार्ज हुँदा महिलाको संख्या १० छ । भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीसहित १९ जना डिस्चार्ज हुन लागेका छन् ।
बाँकेमा विरामीको निको हुने दर ७१.११ प्रतिशत रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार, आजसम्म जिल्लामाा ९ सय ७० जना निको भइसकेका छन् । विहीबार १८ जना संक्रमित थपिएसँगै बाँकेमा संक्रमितको संख्या १ हजार ३ सय ६४ पुगेको छ । यो हिसावले प्रकोप दर हेर्ने हो भने ०.२३ प्रतिशत हो ।
मृत्युदर ०.५९ प्रतिशत छ । बाँकेमा ८ जनाको कोरोना भाइरसबाट मृत्यु भएको छ । जिल्लाका विभिन्न आइसोलेसनमा ३ सय ८६ जना बसिरहेका छन् ।
Discussion about this post