खोजखबर संवाददाता
बाँके भदौ १७ गते । समाजवादी पार्टी बाँकेले यहीँ भदौ १८ गते श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने जनाएको छ ।
साे कार्यक्रम त्रिभुवन चाेकमा १८ गते बेलुका ५ बजे अायाेजना गरिने जनाईएकाे छ ।
नेपालगञ्जबाट दैलेख लैजाने क्रममा सुर्खेतमा मृत अवस्थामा फालिएका गाईहरुको आत्माको शान्तिका लागि श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्न लागिएको हो । उपमहानगरपालिकाबाट पठाइएका गाईहरुलाई सुर्खेतको कटकुवा जङ्गलमा भिरबाट खसालिएर मारेकाे सुर्खेत प्रहरीले जनाएको थियो ।
तिन दर्जन भन्दा बढी गाईको हत्या गरिएपछि उपमहानगरपालिकाका मेयर धवल सम्शेर राणाको बाँके लगायत देश भरी चर्को बिरोध भइरहेको छ ।
सोको छानबिनका लागि तिन वटा छानविन समिती गठन गरिएका छन ।
हिन्दु हरु को आस्थाको केन्द्र र राष्ट्रिय जनावर गाईहरुको आत्माको शान्तिको लागि श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेर श्रृद्वा सुमन अर्पण गरिने समाजवादी पार्टीका जिल्ला अध्यक्ष कमरुद्दिन राई ले बताउनुभयो ।
सो कार्यक्रममा सहभागी हुनका लागि उहाले समाजवादी पार्टीका सम्पुर्ण नेता कार्याकर्ता एवम् अन्य सबै नगरबासीहरुलाई आग्रह समेत गर्नु भएको छ ।
Discussion about this post