बाँके भदौ २७ गते ।
बाँकेमा आज १५ जना डिस्चार्ज हुने भएक छन । गत १३ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आईसोलेशन सेन्टरमा बस्दै आएका ६ महिला र ९ पुरुषलाई डिस्चार्ज गर्ने तयारी गरीएको स्वास्थय कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
१४ दिनसम्म आईसोलेशनमा राख्दा समेत उनिहरुमा कोरोनाको कुनै लक्षण नदेखीएपछि स्वास्थ्य पोट्रोकल अपनाउँदै डिस्चार्ज गर्न लागिएको श्रेष्ठले बताए ।
आज डिस्चार्ज हुने १५ जना सहित बाँकबाट हालसम्म ९८५ जना कोरोनामुक्त हुँदै घर फर्किएका छन । यद्यपी विभिन्न आईसोलेशन सेन्टरमा रहेका अझैं ३७६ जना संक्रमित डिस्चार्ज हुन बाँकी रहेको श्रेष्ठले जानकारी दिए ।
Discussion about this post