बाँके भदौ २७ गते ।
औषधि व्यवस्था विभागले विभिन्न पाँचवटा उद्योगले उत्पादन गरेका ह्याण्ड सेनिटाइजर प्रयोग नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।
बिभागले बजारमा बिक्री बितरण हुँदै आएका ह्याण्ड सेनिटाइजरहरुको नमुना संकलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परिक्षण गर्दा तोकेको मापदण्ड बिपरित बिषाक्त रसायन समाबेश भएको पाइएकोले मानव स्वास्थ्यमा गम्भीर नकारात्मक असर पार्ने हुँदा तपशिलमा उल्लेखित पाँच उद्योगबाट उत्पादित ह्याण्ड सेनिटाइजर प्रयोग नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।
भक्तपुरको नेपाल कायाकल्प उद्योगको इन्सट्यान्ट ह्यान्ड सेनिटाइजर, काठमाण्डौका हाइजिन सोप एन्ड केमिकल प्रालिको इन्सट्यान्ट ह्यान्ड स्यानिटाइजर ओरिजिनल, आधार केमिकल्स एन्ड फुड इन्डस्ट्रीको एड्भान्स ह्यान्ड स्यानिटाइजर, सर्च केम कम हर्बल प्रोडक्टको इन्सट्यान्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेसिङ जेल र सूर्यमुखी हर्बल प्रोडक्टको सूर्यमुखी ह्यान्ड स्यानिटाइजरमा मेथानोल भेटिएको र उक्त उद्योगहरुबाट उत्पादित ती ह्याण्ड सेनिटाइजर प्रयोग नगर्न बिभागले आग्रह गरेको हो ।
Discussion about this post