बाँके भदौ २८ गते ।
बाँकेमा आईतबार १२ जना डिस्चार्ज हुने भएका छन । गत भदौ १४ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आईसोलेशन सेन्टरमा बस्दै आएका १ महिला र ११ पुरुषलाई डिस्चार्ज गर्ने तयारी गरीएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
१४ दिनसम्म आईसोलेशनमा राखदा उनिहरुमा कोरोनाको कुनै लक्षण नदेखीएपछि स्वास्थ्य प्रोटोकल अपनाउँदै डिस्चार्ज गर्न लागिएको श्रेष्ठले बताए । नेपाल टेलिकम र बैंकका कर्मचारीसहित १२ जना डिस्चार्ज हुन लागेका हुन ।
आज डिस्चार्ज हुने १२ जना सहित बाँकेबाट हालसम्म ९९६ जना कोरोनामुक्त हुँदै घर फर्किएका छन । यद्यपी शनिबार ५१ नयाँ संक्रमित थपिएपछि विभिन्न आईसोलेशन सेन्टरमा ४२० संक्रमितको उपचार भईरहेको श्रेष्ठले जानकारी दिए । बाँकेमा हालसम्म १ हजार ४ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये, ८ जनाको मृत्यु भइसकेको छ ।
Discussion about this post