खोजखबर संवाददाता
बाँके असार ९ गते । गत शनिबार रातीदेखि परेको अविरल बर्साका कारण बाँकेका विभिन्न भागमा डुबान भएको घटनाले अत्यन्तै दु:खद शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई भएका छन ।
यो बर्ष डुबान र बाढिको कारणले जिल्लामा कुनैपनि प्रकारको क्षती नहोस् भन्ने तर्फ निरन्तर रूपमा विभिन्न सरोकारवाला निकायसंग छलफल गरिरहेको समाजिक सञ्जाल फेसबुक मार्फत मन्त्री राईले जानकारी गराउनुभयो ।
मुलुकभर नै प्राकृतिक बिपत्तिका कारण हुन सक्ने क्षती रोक्न सरकार क्रियाशील भएर लागेको उनले जनाए । वर्षाको सुरुमै बाँकेमा बाढी र डुबानको समस्या देखिन लागेकाले आफ्नो सुरक्षामा सतर्क हुन सबैलाई अपील गर्दै यसको रोकथामका लागि केन्द्रबाट हुने सम्पुर्ण कार्यलाई तिब्रताका साथ अघि बढाई रहेको उनले बताए ।
Discussion about this post