फाइल फोटो
बाँके भदौ २९ गते ।
बाँकेमा सोमवार तीन बर्षिय बालकसहित ४० जना डिस्चार्ज भएका छन् । खजुरा गाउँपालिका–५ का ३ बर्षका बालक भाइरस संक्रमणमुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार, नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमण पुष्टि भएका ७ बर्षिया र ९ बर्षीया बालिकापनि डिस्चार्ज भएका छन् ।
३ बर्षका बालकलाई खजुरास्थित कृषि तालिम केन्द्रको आइसोलेसनमा राखिएको थियो भने ७ र ९ बर्षिया बालिकालाई मेडिकल कलेजकै कोभिड वार्डमा राखिएको थियो । उनीहरु सबैलाई भदौ १५ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । योसँगै बाँकेमा डिस्चार्ज हुनेको संख्या १ हजार ३६ पुगेको छ ।
जिल्लाका विभिन्न आइसोलेसनमा अहिलेपनि ३ सय ९६ जना बसिरहेका छन् । बाँकेमा कोरोना संक्रमितको संख्या हजार ४ सय ४० पुग्दा ८ जनाको भने मृत्यु भएको छ ।
Discussion about this post