बाँके भदौ २९ गते ।
सोमवार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेमा २४ सहित २७ जनामा संक्रमण पुष्टि भएको हो ।
बाँकेको खजुराका ८, नेपालगञ्जका ८, कोहलपुरका ७ र ढकेरीका १ जनामा कोरोना देखिएको छ । यस्तै दैलेख, बर्दिया र बैतडीका एकएक जनामा संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ४ सय जनामा गरिएको परीक्षणमा २७ जनामा कोरोना पुष्टि भएको अस्तालको सूचनामा उल्लेख छ ।
Discussion about this post