बाँके भदौ ३० गते ।
कोरोना संक्रमणबाट मुक्त हुनुभएका पत्रकार खगेन्द्र दाहालले १ लाख रुपैयाँ प्राप्त गरेका छन् । नेपाल पत्रकार महासंघ प्रदेश ५ महासचिव भेषराज बस्नेतले आज मंगलबार १ लाख रुपैयाँ कोरोन विमाको रकम प्रदान गरेका हुन् ।
संसार भर फैलिएको कोरोना महामारीले थिला थिला पारेकाबेला प्रदेश ५ पत्रकार महासंघको समन्वय र ५ नं. प्रदेश सरकारको सहयोगमा सिखर इन्स्योरेन्सले ५ नं. प्रदेशका ७ सय बढी पत्रकारहरुको कोरोना बिमा गरेको थियो ।
महासचिव बस्नेतका अनुसार पत्रकार दाहालका साथै बर्दियाका पत्रकार कमल पन्थीलाई पनि बिमा रकम प्रदान गरिएको छ । फ्रन्टलाइनमा रहेर रिपोर्टिङ गर्ने पत्रकारहरुलाइ प्रदेश ५ पत्रकार महासंघको पहलमा प्रदेश ५ सरकारले गरेको सहयो सोरुप कोरोना बिमा हस्तान्तरण गरिएको महासचिव बस्नेतले बताए।
बिमा रकम बुझ्दै पत्रकार दाहले महासंघले गरेको सकारात्मक काम प्रशंसा समेत गरे । पत्रकार दाहालले भन्नुभयो, “रिपोर्टिङ गर्ने क्रममा आफु कोरोना संक्रमित बन्नु परेको हो, पत्रकारको पीडा बुझेर यस्तो राहतको व्यवस्था गरेकोमा पत्रकार महासंघ र प्रदेश ५ सरकारलाई धन्यवाद समेत दिएका छन् ।
Discussion about this post