फाइल फोटो
बाँके असोज १ गते ।
सरकारले ६ महिनाअघि विश्वभरि महामारीको रूप लिएको कोरोना भाइरस को रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनसँगै बन्द भएका लामो दुरी तथा अन्तरजिल्ला सञ्चालन हुने सार्वजनिक सवारी साधन बिहीबारदेखि सन्चालनमा आएका छन् । नेपालगन्ज र कोहलपुर बसपार्कदेखि विहानैबाट बसहरु सन्चालनमा आएका छन ।
नेपालगन्ज तथा कोहलपुरबाट काठमाडौ, पुर्वी नेपालका विभिन्न जिल्ला , वुटवल, पोखरा विरगन्ज, विराटनगरका साथै धनगढी, महेन्द्रनगर, टिकापुर जुम्ला दैलेख जाजरकोट लगायतका जिल्लामा दैनिक दर्जनौं साना तथा ठूला सिटका सवारीसाधन सन्चालनमा आएसँगै बसपार्क क्षेत्रमा चहलपहल देखिएको छ ।
यातायता सँगै आजदेखि नै होटल व्यवसाय पनि सन्चालनमा आएका छन् ।सरकारले कोरोना भाइरसको महामारीको समयमा ५० प्रतिशतसम्म भाडा बढाउन अनुमति दिइसकेको छ । गाडीको सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्ने र चालक, सहचालकले मास्क, सेनिटाइजर अनिवार्य प्रयोग गनुपर्ने मापदण्ड बनाइएको छ ।
यात्रुले पनि यात्रा अवधिभर मास्क लगाएर यात्रा गर्नु पर्ने छ । गाडी चढ्नुअघि यात्रुलाई सेनिटाइजर व्यवस्था गर्नुपर्ने छ ।
Discussion about this post