सरला सुबेदी
बाँके असोज १ गते ।
कोहलपुर नगरपालिकामा कर्मचारीले मनोमानी रुपमा काम गरेको र चरम अपारदर्शी तरिकाले पालिका चलिरहेको नेपाली काग्रेसका नेता एंव सुचना अभियन्त भुम भण्डारीले आरोप लगाएका छन् । बिहिबार आयोजित प्रत्रकार सम्मेलनमा बोल्दै भण्डारीले कोहलपुर नगरपालिका २०७५ साल देखि हाल सम्म २८ ओटा सुचना माग गरेकोमा २ ओटा मात्रै सुचना कोहलपुर नगरपालिकाले दिएको भन्दै उनले सुचना लुकाउनु चरम अपारदर्शीको नमुना भएको बताए ।
समय समयमा सुचनाको हक कानुन बमोजिम लिन पाउने अधिकार भएतापनी आफुले नगरपालिकाबाट माग गरेको सूचना हाल सम्म उपलव्ध नगराएको भण्डारीको दाबी रहेको छ ।
नगरपालिकाले सुचना लुकाउनुका साथै आफैले दिएका सुचना लाई तथ्य भन्दा फरक तरीकाले व्याख्या गरेर जनतालाई भ्रमित पार्ने काम गरिरहेको भण्डारीको दाबि छ ।
उनका अनुसार कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत छबिलाल नेपालीले दिएको सुचनामा आर्थिक बर्ष ०७६/७७ को माघ देखि असार मसान्त सम्म बिभिन्न भत्ता शिर्षकमा डेढ करोढ रकम बितरण गरिएको छ । तर कोहलपुर नगरपालिकाले २०७६ असार ८ गते देखि कुनै भत्ता नलिने निर्णय गरिएको दाबी गरेको छ ।
भत्ता नलिने निर्णय गरेको दबी गर्नु तर प्रमुख प्रशासकिय अधिकृतले दिएको सुचनामा डेढ करोढ भत्ता देखीनुले जनतालाई भ्रम छर्ने मात्रै काम भएको भण्डारीको भनाई छ । भत्ता नलिने निर्णय गरेको १ बर्ष बढि भएको दाबि गरि रहदा पछिल्लो ६ महिनामा यति ठुलो रकम भत्ता वापत बितरण हुनुले नगरपालिका कति रहस्यमय र अपादर्शी तरिकाले चलि रहेको छ भन्ने प्रष्ट हुने भण्डारीको दाबी गरेका छन ।
उनले कोहलपुर नगरपालिकालाई पार्दशी तरिकाले चल्न बार बार सचेत गराउदै सूचनाको हक प्रयोग गरेर सूचना माग गर्दा समेत महत्वपूर्ण सूचना लुकाएर नदिएको बताएका छन् । उनले नगरपालिकाले आफुले गरेको चरम लापरबाहीको ढाकछोप गर्न पत्रकार सम्मेलन गरेर आफुले नियमसङ्गतले अनुगमन भत्ता लिईएको बताइनु र तथ्य सङ्गत कुरा नगर्नु सम्पुर्ण नगरबासिको लागि हास्यास्पद र लज्जास्पद भएको समेत जिकिर गरेका छन् ।
Discussion about this post