बाँके असोज २ गते ।
सिके रावत नेतृत्वको जनमत पार्टीले नेपालगन्जको जमुनाह नाका खोल्न माग गरेको छ । पार्टीले शुक्रबार जमुनाह नाकामा नाका खोल्न माग गर्दै नारावाजी समेत गरेको छ । पार्टीका बाँके जिल्ला इन्चार्ज इरफान शेषले तत्काल नाका खोल्न माग गर्नुभयो ।
उहाँले धार्मिक स्थल समेत खोल्न माग पनि गर्नुभएको छ । सीमानाकामा नागरिकहरुले दुख पाएको भन्दै उहाँले तत्काल सीमानाका खोल्न माग गर्नुभएको हो । उहाँले माग सम्वोधन नभए विरोधका कार्यक्रम अघि सार्ने चेतावनी समेत दिनुभएको छ ।
उहाँले सरकारले तत्काल आफ्ना माग सम्वोधन नगरे सडकमा धर्नालगायतका विरोधका कार्यक्रम गर्न पछि नपर्ने चेतावनी पनि दिनुभयो ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post