बाँके असोज ३ गते ।
बाँकेमा शनिवार ११ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । बाँकेका विभिन्न आइसोलेशन सेन्टरबाट उनीहरु डिस्चार्ज भएका हुन् ।
भदौं २० गते कोरोना पुष्टि भएका ११ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दए । योसँगै बाँकेमा कोरोनामुक्त भई घर फर्किनेको संख्या २ हजार २ सय ३ पुगेको छ । हाल ३ सय ३५ जना आइसोलेशनमा उपचाररत छन् ।
Discussion about this post