बाँके असोज ४ गते ।
बाँकेबाट आइतवार ४१ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । जिल्लाको विभिन्न आइसोलेशनमा बसेका उनीहरुमा कोरोना नेगेटिभ देखिएपछि डिस्चार्ज भएका हुन् ।
भदौं २१ गते भर्ना भएका ८ महिला ३३ पुरुष गरी ४१ जना आइतवार डिस्चार्ज भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । योसँगै डिस्चार्ज हुनेको संख्या १ हजार २ सय ४४ पुगेको छ ।
अब जिल्लाको विभिन्न आइसोलेशनमा अन्य जिल्लाका २ र बाँकेका ३ सय ३६ गरी ३ सय ३८ जना उपचाररत रहेको र १० जनाको मृत्यु भइसकेको श्रेष्ठले बताउनुभयो ।
Discussion about this post