बाँके असोज ८ गते ।
बिहिवार बाँकेबाट नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दसहित १९ जना कोरोना संक्रममुक्त भइ डिस्चार्ज हुँदैछन ।
स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बिहिबार डिस्चार्ज हुनेहरुमा नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्द, भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरी, जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत दुई प्रहरी जवान लगायत ४ महिला र १५ पुरुष गरी १९ जना रहेका छन । श्रेष्ठका अनुसार उनिहरुलाई भदौ २५ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेसनमा राखिएको थियो ।
यो सङ्गै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ३ सय ५६ पुगेको छ ।
फोकल पर्सन श्रेष्ठका अनुसार विभिन्न आइसोलेसन केन्द्रमा अन्य जिल्लाका ५ जना समेत गरी ३ सय ४० जना संक्रमित उपचाररत छन् । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या १ हजार ७ सय २ रहेको छ भने ११ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।
Discussion about this post