बाँके असोज ८ गते ।
कोरोना भाइरस लागी सकेका व्यक्तिलाइ हेलाहोचो नगरी माया र सम्मान गर्नुपर्ने एक कार्यक्रममा जोड दिइएको छ ।
अन्तरपार्टी महिला संजाल बाँकेको आयोजनामा कोरोना भाइरस सम्बन्धि एक दिवशीय अन्तरक्रिया कार्यक्रममा प्रशिक्षण दिदै नेपालगन्ज उप – महानगरपालिका जनस्वास्थ्य निरिक्षक आरति चौधरीले कोरोना भाइसर भनेको के हो ? कसरी सर्छ ? यसबाट बच्नको लागि अपनाउनु पर्ने उपाय के के छन ? कोरोना भाइरस लागि सकेपछि के के कुरामा सर्तकता अपनाउने ? लाग्नै नदिन के गर्ने ? कोरोना भाइरस लागेका व्यक्तिसंग कस्तो व्यवहार गर्ने ? लगायतका विषयमा प्रशिक्षण दिनु भयो ।
उहाँले कोरोना भाइरस लागीसकेका व्यक्तिलाइ पनि हेलाहोचो नगरी माया र सम्मान गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा फातिमा फाउण्डेसनका का.वा.अध्यक्ष मैमुना सिद्धिकिले कोरोना भाइसरबाट बच्नको निम्ति नागरिक आफैले सर्तकता अपनाउदै भिडभाड नगरीकन काम गर्न जरुरी रहेको बताउनु भयो ।
अन्तरपार्टी महिला संजाल बाँकेकी अध्यक्ष रेखा गुप्ताको अध्यक्षतामा संचालित कार्यक्रममा पुर्व अध्यक्षहरु बिजया धिताल, नारायणी रुपाखेति कार्यसमितिका उपाध्यक्ष विम्मीरानी पन्थी, कार्यसमिति सदस्य अछरी पोखरेल लगायतले कोरोना भाइरसबाट सर्तक हुदै बर्तमान अवस्थामा काम गर्नुपर्ने, सरकारले संक्रमित व्यक्तिको कोरोना जाच तुरुन्त गर्नुपर्ने साथै सरकारले जारी गरेका नियमको पालना गर्देै नागरिक आफैले सर्तकता अपनाउन जरुरी रहेको बताउनु भयो ।
कार्यक्रममा सहभागी गीता राना,दुर्गा बाल्मिकि,इता अर्याल लगायतले कोरोना भाइसरबाट बच्ने उपायका बारेमा जिज्ञासा राखेका थिए ।
अन्र्तपार्टि महिला संजाल बाँकेमा आबद्ध महिलाहरुलाइ कोरोना भाइरस सम्बन्धि जन चेतना जगाउने उदेश्यले आयोजना गरीएको कार्यक्रम अन्र्तपार्टी महिला संजाल बाँकेकी सचिव रिचा दुवेदी द्धारा संचालन गरीएको थियो भने कार्यक्रममा सामाजिक दुरी कायम गर्दै २ दर्जन महिलाहरुको सहभागीता गराइएको थियो ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post