बाँके असोज १० गते ।
जनता समाजवादी पार्टी (जसपा) बाँकेले कोहलपुरमा कार्यालय स्थापना गरेको छ । कोहलपुर नगरपालिका-११ स्थित कृषि बजार नजिकै जसपा नगर कमिटीको कार्यालय स्थापना गरीएको हो ।
शनिबार पूर्व शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले उक्त कार्यालयको उद्घाटन गरेका छन । कार्यालय उद्घाटन भएकै दिन बिभिन्न दल परित्याग गरेका २५ जनालाई जनता समाजवादी पार्टीमा प्रवेश गराईएको जसपा बाँकेका युवा नेता सुभाखर पोखरेलले जानकारी दिए । नव प्रवेशीहरुलाई पुर्व मन्त्री राईले खादा तथा अबिर लगाएर पार्टी प्रवेश गराएका थिए ।
कार्यक्रममा बोल्दै जसपा बाँकेका अध्यक्ष कमरुद्दीन राईले कोहलपुर नगर क्षेत्रभित्रका १५ वटै वडामा कमिटीहरु चाडो भन्दा चाडो विस्तार गरीने बताए । नगरभित्र कमिटि बिस्तार गर्दै संगठनका गतिविधिहरुलाई चलायमान गराउन नगर कमिटिको कार्यालय स्थापना गरीएको राईले बताए ।
Discussion about this post