बाँके असोज १२ गते ।
करेन्ट लागेर बाँकेमा एक युवकको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १, डेन्टल अस्पतालस्थित गजेन्द्र भण्डारीको घरको रेलिङ्ग वेल्डिङ्ग गर्ने क्रममा राप्तिसोनारी गाउँपालिका वडा नम्बर ५ का १९ बर्षीय धनबहादुर थारुको करेन्ट लागेर आइतवार विहान मृत्यु भएको हो ।
भण्डारीको घरको रेलिङ्ग वेल्डिङ्ग गरिरहेका थारुलाई एक्कसी करेन्ट लागेर घाइते भएपछि उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज लैंजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
Discussion about this post