बाँके असोज १२ गते ।
बाँँकेमा कोरोना भाईरसका विरामीहरु बढ्दै गएपछि आइसोलसन सेन्टर र कोभिड १९ युनिटको अनुगमन गरीएको छ । सोमबार प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको नेतृत्वमा कोहलपुर नगरपालिकाले ब्यवस्थापन गरेको आइसोलसन सेन्टर र मेडिकल कलेज कोहलपुर अन्तर्गत कोभिड १९ युनिटको अनुगमन गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी कुरूम्वाङ र नेपाली सेनाका कर्नेल नकुल थापाले कोहलपुर नगरपालिकाबाट स्थापना गरि संचालनमा ल्याइएको १० बेडको आइसोलेसन सेन्टर र नेपालगन्ज मेडिकल कलेज कोहलपुर शिक्षण अस्पतालले सन्चालन गरेको कोभिड-१९ यूनिटको अनुगमन तथा निरिक्षण गरेका हुन ।
अहिलेसम्म बाँकेमा स्थापना गरिएका आइसोलेसन र क्वारेन्टिनको यसरी सरकारी तवरबाट अनुगमन हुन सकेको थिएन् । बाँकेमा कोरोना संक्रमितको संख्या दैनिक बढ्दो क्रममा रहे पनि आवश्यकता अनुसार आइसोलेसनको अभाव देखिएपछि बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ नेतृत्वको टोलीले अस्पतालमा थप बेडसहितको आइसोलेशनको सम्भाव्यता बारे अवलोकन गरेको हो ।
केही दिनअघि मन्त्रिपरिषद वैठकले जिल्ला समन्वय समिति बाँकेमा रहेको ४ करोड रुपैयाँ कोरोना विशेष अस्पतालको स्तरोन्नतीका लागि खर्च गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम थप बेडसहितको आइसोलेशनको सम्भाव्यता अध्ययनकालागि अनुगमन गरीएको छ । यद्यपी भेरी अस्पतालमै थप बेडसहितको आइसोलेशन सञ्चालन गर्ने तयारी गरीएको छ ।
Discussion about this post