बाँके असोज १३ गते ।
बाँकेबाट मंगलबार४४ संक्रमित निको भइ डिस्चार्ज हुँदै छन ।जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार मंगलबार बाँकेबाट १५ महिला र २९ पुरुष गरी ४४ जना संक्रमित कोरोना मुक्त भई डिस्चार्ज हुँदैछन ।
उनिहरुलाई भदौ ३० गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेसनमा राखिएको थियो । यो सङ्गै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ५ सय ७ पुगेको छ ।
विभिन्न आइसोलेसन केन्द्रमा अन्य जिल्लाका ८ सहित ३ सय ४८ जना सक्रिय संक्रमित उपचाररत छन् । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या १ हजार ८ सय ६० रहेको छ भने १३ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।
Discussion about this post