बाँके असोज १३ गते ।
भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरीएको पीसीआर परीक्षणमा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
१ सय ६७ वटा नमुना परीक्षण गरिएकोमा बाँकेका ११, बर्दियाका ९ जना र रोल्पाका एकजना गरी २१ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । दुईजना बालबालिकामा पनि भाइरस संक्रमण देखिएको छ ।
नेपालगन्ज १२ की ४ बर्षीया बालिका र नेपालगन्ज २ का ५ बर्षीय बालकमा भाइरस संक्रमण देखिएको हो ।
Discussion about this post