काठमाडौं असोज १४ गते ।
बुधबार देशका पहाडी भू-भागमा आंशिक बदली रही एक दुई स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको छ भने अन्य स्थानको मौसम सफा रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल वंगालको खाडीमा न्युन चापीय क्षेत्र रहेको छ।
आज दिउँसोपछि प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ मा सामान्य बदली रही केही स्थानमा हल्का पानी पर्ने सम्भावना हरेको छ भने बाकीँ प्रदेशमा आंशिक बदलीको सम्भावना रहेको छ।
त्यस्तै आज राति प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदलीको सम्भावना रहेको छ भने प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको छ।
Discussion about this post