बाँके असोज १४ गते ।
कशौधन बैश्य समाज बाँकेले बागेश्वरी मन्दिर खुल्ला गर्न माग गरेको छ । समाजका अध्यक्ष नन्दलाल बैश्यले स्थानीय प्रशासनलाई ज्ञापन पत्र बुझाउँदै मन्दिर खुल्ला गर्न माग गर्नुभएको हो ।
कोरोना भाइरस महामारीका कारण स्थानीय प्रशासनले गृहको आदेश भन्दै बागेश्वरी मन्दिरमा पुजापाठ बन्द गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई ज्ञापनपत्र बुझाउँदै समाजका अध्यक्ष बैश्य नेतृत्वको टोलीले महत्वपूर्ण चाडपर्व भित्रिएकाले तत्काल मन्दिरमा पुजापाठ गर्ने बातावरण निर्माण गरिदिन माग गरेको हो नवरात्रमा बागेश्वरी शक्तिपिठमा पुजापाठ गर्नेको चहलपहल बढी हुन्छ । यहाँ नवरात्रमा पशुचौपायाको बलिसमेत दिने गरिन्छ ।
Discussion about this post