बाँके असोज १५ गते ।
यातायात व्यवस्था कार्यालय नेपालगन्जले कार्यालय परिसरमा बिहीबारदेखि टोकन मेशिन जडान गरेको छ । सेवाग्राहीलाई सेवालिन सहज होस् भन्ने उद्देश्यले टोकन प्रर्णाली लागु गरिएको हो ।
इन्भेस्टमेन्ट बैंकको सहयोगमा कार्यालयले बिहीबारदेखि उक्त मेशिन जडान गरि प्रयोगमा ल्याएको यातायात व्यवस्था कार्यालय नेपालगन्जका निमित्त कार्यालय प्रमुख पूर्णबहादुर खत्रीले बताए ।उनकाअनुसार उक्त मेशिन जडानसँगै सेवाग्राहीले कामका लागि पालो कुरेपनि लाइन बस्नुपर्ने, विचौलिया राख्नुपर्ने झन्झटको अन्त्य भएको छ ।
यातायातमा सेवा सुविधा लिनका लागि आएका सेवाग्राहीले जुनदिन टोकन पाए उनीहरूको काम सोही दिन हुने उनले बताए । उनले भने ‘अहिले २ सय ५० जना सेवाग्राहीलाई दैनिक सेवा प्रवाह गर्ने योजना छ । जनशक्ति र प्रविधीले साथ दिए उक्त संख्या बढ्न सक्छ ।
’टोकन प्रणालीले सेवाग्राहीको समय बचत हुनुका साथै काम पनि प्रभावकारी हुनेछ । यातायात कार्यालय नेपालगन्जमा खत्री आएसँगै कार्यालयको सुधारका साथै सेवाग्राहीका लागि बस्ने प्रतिक्षालय देखि बृहत गुरूयोजना तयारी भेरहेको छ ।यसले यातायात कार्यालयको रूप फेरिने निश्चित छ ।
टोकन सिस्टमले सेवाग्राहीलाई सहज सेवा प्रवाहमा सहयोग गर्ने छ । टोकन जडानका लागि उक्त बैंकले दुई बढी रकम खर्च गरेको बताइएको छ ।सेवाग्राहीलाई स्मार्ट सेवा प्रदान गर्ने उद्धेश्यस्वरुप टोकन मेशिन संचालनमा ल्याइएको अधिकृत खत्री बताउँछन् ।
नेपालगन्जमा बाँके, बर्दिया, जाजरकोट सुर्खेत, दैलेख दाङ लगायतका जिल्लाबाट सेवाग्राही आउने गरेका छन् ।कार्यालयले प्रदान गर्ने सेवाहरुलाई जनमुखी र स्मार्ट बनाउने निति अनुरुप विभिन्न प्रकारका सुधारका कामहरु गर्न लागिएको अधिकृत खत्री बताउँ५न् । टोकन मेसिन संचालनमा आएपछि लाइसेन्सका लागि बायोमेट्रिक दिन आउने सेवाग्राहीले अब उपरान्त घन्टौं लाइनमा लाग्नुपर्ने बाध्यता हटेको छ ।
Discussion about this post