बाँके असोज १५ गते ।
भेरी अस्पतालको पछिल्लो परीक्षणबाट बाँकेका ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालकोे प्रयोगशालामा पछिल्लो २४ घण्टामा भएको परीक्षणबाट ४० जनामा कोरोना पुष्टि भएको हो ।
जस्मा बाँकेका ३४ जना परेका छन् । सो परीक्षण नतिजा अनुसार बाँकेको आर्मी अस्पताल राँझाका १८ जना जवानलाई कोरोना देखिएको छ । त्यस्तै नेपालगञ्जका ९ जना, खजुराका १, कोहलपुरका ४, बैजनाथ र राप्तीसोनारी गाउँपालिकाका १÷१ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै जिल्ला बाहिरको संक्रमण पुष्टि हुनेहरुमा बर्दिया बाँसगढीका २, ठाकुरबाबा नगरपालिकाका २ र दैलेखका दुई जना रहेका छन् । भेरीको प्रयोगशालामा पछिल्लो समय १ सय ५७ जनाको स्वाब परीक्षणबाट ४० जनामा कोरोना देखिएको छ ।
Discussion about this post