बाँके असोज १६ गते ।
बाँकेमा हाल कोरोना संक्रमण भएर उपचार गराइरहेका विरामि मध्ये २० जना शिसिस्त रहेका छन । जसमा भेरी अस्पतालमा १६ जना र नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा ४ जना शिकिस्त विरामि उपचारार्थ रहेका छन । हाल बाँकेमा आइसोलेसन अस्पतालमा भर्ना भएका विरामि १०६ जना रहेको स्वास्थ्य कार्यालयका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
आइसोलेसनमा रहेका मध्य भेरी अस्पतालमा ४२ जना र शिक्षण अस्पताल कोहलपुरमा २ गरि ४४ जना मध्यम खालका विरामि रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । सामान्य विरामि ४२ जना शिक्षण अस्पताल कोहलपुरमा रहेको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन श्रेष्ठले बताए । सामान्य प्रकृतिका ३९ जना होम आइसोलेसनमा रहेका छन ।
Discussion about this post