बाँके असोज १६ गते ।
जेष्ठ नागरिक दिवसको अवसर पारेर मेची महाकाली बुहारी संयुक्त आवज बाँकेले बिहीवार कोहलपुर ५ मा रहेको निल सागर सेवाश्रममा फलफुल लगायतका खाद्य सामाग्री बितरण गरेको छ ।
फलफुल तथा खाद्य सामाग्री बितरण कार्यक्रममा बोल्दै नेकपा नेतृ एंव बुहारी संयुक्त आवज बाँकेकी सल्लाहकार रेणुका खड्काले मानवीय सेवा नै ठुलो धर्म भएको बताईन ।
उनले मेची महाकाली बुहारी संयुक्त आवजले समस्यामा परेका महिला तथा बाल बालिका र बृद्धबृद्धालाई बिभिन्न खाले सहयोग गर्दै आएको भन्दै संस्थाका अभियन्ताहरुलाई धन्यवाद समेत दिईन ।समाजमा भएका सबैखाले हिंसाको अत्य गर्न सके कोही पनि बेसाहारा हुन नपर्ने भएकाले घर भित्रका सबैखाले हिंसाको अत्य गनु पर्ने धारणा राखीन् ।
मेचि महाकारी बुहारी संयुक्त आवाजले बिभिन्नखाले मानिबिय सेवाका कामहरु गर्दै आएको संस्थाकी उपाध्यक्ष उर्मिला पाण्डेले जानकारी दिईन । निल सागर बृद्धाश्रमले २ दर्जन बढि बेसाहारा बृद्धबृद्धा बालबालिका र बेसाहारा नागरिक लाई संरक्षण गदै आएको छ ।
Discussion about this post