बाँके असोज १७ गते ।
बाँकेबाट शनिबार ४२ जना कोरोना संक्रमित निको भइ डिस्चार्ज हुँदैछन । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार शनिबार बाँकेबाट १९ महिला र २३ पुरुष गरी ४२ जना संक्रमित कोरोना मुक्त भई डिस्चार्ज हुँदैछन ।
उनिहरुलाई असोज ३ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेसनमा राखिएको थियो ।
यो सङ्गै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ५ सय ८४ पुगेको छ ।
विभिन्न आइसोलेसन केन्द्रमा अन्य जिल्लाका १० सहित ४ सय जना सक्रिय संक्रमित उपचाररत छन् । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या १ हजार ९ सय ९३ रहेको छ भने १९ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।
Discussion about this post