बाँके असोज १८ गते ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत् २९ बर्षीया सुत्केरीको कोरोना भाइरस संक्रमणबाट आइतवार मृत्यु भएको छ ।
महेन्द्रनगर २ कञ्चनपुरकी संक्रमित महिलाको उपचारका क्रममा आज विहान साढे चार बजे मृत्यु भएको अस्पतालका उपनिर्देशक डा दिनेश श्रेष्ठले जानकारी दिनुभयो ।
प्रसूति व्यथाले च्यापेपछि उनी असोज १३ गते सेती प्रादेशिक अस्पताल धनगढी भर्ना भएकी थिइन् । उनले त्यसैदिन जुम्ल्याह बच्चाको जन्म दिएकी थिइन् ।
उनको त्यसैदिन कोरोना परीक्षणका लागि लिएको स्वावको रिपोर्ट पनि पोजेटिभ आएको थियो ।
तत्काल उनलाई कोभिड आइसोलेसन वार्डमा सारेर उपचार सुरु गरिएको थियो । तर रक्तश्राव नरोकिएपछि उनलाई १५ गते त्यहाँबाट रिफर गरेर मेडिकल कलेज कोहलपुर पठाइएको थियो ।
Discussion about this post