काठमाडौं असोज १९ गते ।
नेकपा नेता तथा पूर्व मन्त्री डा. भिम बहादुर रावलले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भारतीय सुरक्षाकर्मी रहने व्यवस्था हटाउन माग गरेका छन् । प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिको बैठकमा भाग लिँदै पूर्व मन्त्री समेत रहेका रावलले त्रिभुवन विमानस्थलमा भारतीय सेना रहने व्यवस्था तत्काल हटाउन माग गरेका हुन् । हालसम्म भारतीय विमानहरुमा भारतीय सेना आउने व्यवस्था छ । त्यस्तो व्यवस्था तत्काल संसोधन गर्न उनले माग गरेका हुन् ।
उनले नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)लाई बेवास्ता गर्दै निजी कम्पनीले (ग्राउण्ड ह्याण्डलिंग)भूमिस्थ सेवा दिन लागिएको भन्ने विषय निकै संवेदनशील भएको पनि बताए । उनले त्यस्तो निर्णय तत्काल सच्याउन पनि माग गरे । रावलले निगम व्यवस्थापन सुधारका लागि प्रभावकारी कदम चाल्न ध्यानाकर्षण पनि गराए।
Discussion about this post