खोजखबर संवाददाता
बाँके भदौ १९ गते । नेपालगन्ज उपमहानगरपालिकाका दुईजना वडा अध्यक्षले राजनीतिक पुर्वाग्रहका आधारमा आफुहरुलाई फसाइएको दावी गरेका छन् । नेकपाबाट निर्वाचित वडा नम्बर १७ का अध्यक्ष अजय पाठक र वडा नम्बर १८ का अध्यक्ष दीपक वर्माले सहकारी वित्तिय संस्थाको आर्थिक अनियमिततामा आफुहरुको बदनाम हुने गरि नाम मुछिएको दावी गर्नुभएको हो ।
वडा अध्यक्ष वर्माले सहकारीको लामो समयसम्म छानविन हुँदा आफुहरुसँग कुनैपनि सोधपुछ नभएको अवस्थामा एकाएक मुद्धा दर्ता भएको हल्ला सुनिनु नियोजित षडयन्त्र भएको टिप्पणी गर्नुभयो । सहकारीबाट एक रुपिया हिनामिना गरेको भेटिएपनि जुनसुकै कारवाही भोग्न तयार छु, वर्माले भन्नुभयो,– गहन अनुसन्धान नगरि हचुवाका भरमा मुद्धा चलाउनु गलत छ । वर्माले सहकारमिा रकम जम्मा गरेका सबैले रकम फिर्ता पाउनुपर्ने र दोषलिाई कारवाही हुनुपर्ने पक्षमा आफु विगतदेखि अहिलेसम्म रहँदै आएको टिप्पणी गर्नुभयो । वर्मा र पाठकले सहकारीको यसअघिको कार्यसमितिमा भएकै आधारमा विना अनुसन्धान मुद्धा दर्ता गर्नु गम्भिर षडयन्त्र भएको बताउनुभयो । षडयन्त्र कहाँबाट र कसरी भईरहेको छ त्यसको बारेमा घामजतिकै छर्लङ्ग छ बर्माले भन्नुभयो । प्रहरीले सहकारीमा ३८ करोड रुपिया हिनामिना भएको घटनामा सहकारीका अध्यक्ष हरदेववक्स चौधरी सहित ३५ जना विरुद्ध मुद्धा दर्ता गरेको छ ।
Discussion about this post