बाँके असोज २१ गते ।
सुर्खेतकी ८२ वर्षिया कोरोना संक्रमित महिलाको कोहलपुरमा मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार गराईरहेकी ति महिलाको बुधबार बेलुका ६:३५ बजे मृत्यु भएको हो ।
सुर्खेतको बिरेन्द्रनगर नगरपालिका ७ निवासी मृतक महिलालाई असोज १५ गते कोरोना संक्रमण देखिएको थियो । नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार गराईरहेको अवस्थामा कोरोना संक्रमण देखिएपछि ति महिलालाई कोरोना विशेष वार्डमा भर्ना गरीएको थियो । लामो समयदेखी मधुमेह रोगबाट ग्रसीत महिलालाई कोरोनाको सबै विधि उपनाएर उपचार गर्दा समेत उपचारकै क्रममा मृत्यु भएको बाँकेका कोरोना सम्पर्क ब्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।
मृतकको शव ब्यवस्थापनकालागि बाँकेका प्रमुख जिल्ला अधिकारीमार्फत समन्वय भईरहेको श्रेष्ठले बताए । बुधबार नै दाङकी ३५ वर्षिय महिलाको समेत कोरोना संक्रमणबाट ज्यान गएको थियो । बाहिरी जिल्लाबाट कोरोना भाईरसको उपचारकालागि बाँके आएर ज्यान गुमाउनेको सँख्या ११ पुगेको छ ।
Discussion about this post