खोजखबर संवाददाता
बाँके भदौ १९ गते । नेपालगञ्जलाई महानगरपालिका निर्माणका लागि डिपिआर तयार गरिने भएको छ । नेपालगञ्ज उपमहानगरपालिका नगर कार्यपालिकाको बिहिवार बसेको बैठकले महानगरपालिकाका लागि आवधिक योजना निर्माण गर्ने निर्णय गरेको हो । उपमहानगरपालिका नगर कार्यपालिकाका प्रबक्ता प्रमोद रिजालले महानगरपालिका निर्माणका लागि आवश्यक पर्ने पूर्वाधार सहित श्रोतको खोजी गरि आवधिक योजना आगामी नगरसभामा पेश गरिनेछ ।
नगर प्रमुख डा. धवल शम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले नगरभित्रका सबै घरपालुवा पशु चौपायको ट्याडिङ गर्नका लागि घरधुरी सर्वेक्षण गर्ने निर्णय गरेको छ । खुला सीमाका कारण भारतबाट भित्रिने छाडा पशु चौपाय नेपालगञ्जको ठुलो समस्या भएपछि नगर कार्यपालिकाको बैठकले भारतबाट भित्रिने छाडा पशु चौपाय भित्रिन नदिनका लागि जिल्ला प्रशासन कार्यालय र प्रदेश सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ । यसैगरी अस्पताजन्य फोहोर व्यवस्थापन कार्यक्रम अन्तर्गत फोहर उत्पादनको मात्रा एकिन गर्नका लागि जिआईजेडसँग अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।
Discussion about this post