बलिका न्यौपाने
बांके,९ असार गते ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं ११ को वडा भेला आज सम्पन्न भएको छ । आर्थिक वर्ष २०७६। ०७७ को लागि प्रस्तावित कार्य योजना संकलनका लागि भेला आयोजना गरिएको थियो । भेला नेपालगन्ज स्थित नारायणी स्कुलमा संचालन गरिएको थियो । भेलामा बोल्दै नेपालगन्ज उपमहानगरपालिका वडा नं ११ का अध्यक्ष उज्ज्वल सिङ राठौरले आर्थिक वर्ष २०७६। ०७७ मा वातावरण र शिक्षालाई विषेश प्राथामिकतामा राखेको बताउनुभएकाे छ।
उहाँले आर्थिक वर्ष २०७५।७६मा सम्पन्न भएका कामको बारेमा समेत जानकारी दिनुभएको थियो । आर्थिक वर्ष २०७६। ०७७ को लागि प्रस्तावित कार्य योजना संकलनका लागि वडा भित्रका टोल विकास संस्था , विद्यालय, अधिकारकर्मी तथा विभिन्न संघ संस्थाहरुले आफ्नो योजना लिखित तथा मौखिक रुपमा पेश गरेका थिए । उनिहरुले विशेष गरि सडक निर्माण , महिला, युवा तथा बालबालिकाका लागि कार्यक्रम र लक्षित बर्गका विषयमा वजेट माग गरेका थिए ।
नेपालगन्ज उपमहानगरपालिकाले वडा नं ११मा गत अार्थिक बर्षमा ९७ लाख बजेट विनियोजन गरेपनि यस अार्थिक बर्षमा १कराेड भन्दा बढी बजेट छुट्याउने अनुमान वडाले गरेकाे छ। कार्यक्रममा वडा सदस्यहरू, विभिन्न पार्टीका प्रतिनिधिहरु, विध्यालयका प्रअ,बाल अधिकारकर्मी साहिल अन्सारी , समाजसेवी लगाएतकाे सहभागिता रहेकाे थियाे ।
Discussion about this post