एजेन्सी
काठमाडौं असोज २४ गते ।
भारतको राजस्थानमा एक पुजारीलाई जिउँदै जलाइएकाे छ । जलाइएका ती पुजारीकाे मृत्यु भएकाे भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । राजस्थानमा पर्ने करौली जिल्लाको सदरमुकामबाट करिब ४ किलोमिटर टाढाको बुकाना गाउँमा उक्त घटना भएकाे हाे ।
स्थानीयबीच जमिनबारे विवाद उत्पन्न भएपछि पुजारी बाबुलाल वैष्णवको शरीरमा पेट्रोल छर्केर आगो लगाइएको थियाे । गम्भीर घाइते भएका पुजारीको उपचारका क्रममा बिहीबार राति मृत्यु भएको समाचार एजेन्सिले जनाएकाे छ ।
उक्त घटनामा संलग्न रहेकाे भन्दै पाँच जनाविरुद्ध अभियाेग लगाइएकाे छ । तीमध्ये मुख्य अभियुक्त कैला मिणालाई करौली प्रहरीले पक्राउ गरिसकेकाे बताइएकाे छ । अन्य अभियुक्तहरूको पनि खोजी भइरहेको प्रहरीकाे भनाइ छ । जग्गाबारेकाे उक्त विवाद अचानक भएको प्रहरीको दाबी छ ।
Discussion about this post