बाँके असोज २४ गते ।
बाँकेमा आज ३६ जना कोरोना मुक्त भएका छन् । कोरोना मुक्तहुनेहरु १६महिला १५ पुरुष रहेको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश बाबु श्रेष्ठले जानकारी गराएका छन् ।
कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनीहरु शनिबार आज डिस्चार्ज भएका हुन् । ३१ मध्येमा २६ जना होम आइसोलेसनमा बसेका थिए ।
कोरोनाको लक्षण चिन्ह नभएका संक्रमितलाई स्वास्थ्य सावधानी अपनाएर घरमै बस्दा पनि फरक पर्दैन भन्ने कुरा होम आइसोलेसनमा बसेकाहरु डिस्चार्ज भएका घटनाहरु देखाइरहेका छन् । दीर्घरोगी र जेष्ठ नागरिकलाई भने होम आइसोलेसनमा बस्दा जोखिम देखिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले अहिलेसम्म एक हजार सात सय ९३ जना डिस्जार्च भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार, अब ५ सय १० जना आइसोलेसनमा रहेका छन् । जिल्लामा २४ जनाको मृत्यु भइसकेको छ ।
Discussion about this post